काठमाडौं । म्यानमारको उत्तरी क्षेत्रमा विस्थापितहरू रहेको एक शिविरमा सैन्य आक्रमण भएको छ । आक्रमणमा परि बालबालिकासहित कम्तीमा २९ जनाको ज्यान गएको र ५६ जना घाइते भएका त्यस क्षेत्रमा क्रियाशील जातीय विद्रोही समूहका प्रवक्ताले बताएका छन् ।
आक्रमण गएराति भएको कचिन इन्डिपेन्डेन्स आर्मी (केआईए) का कर्णेल नाव बुले बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।
घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । म्यानमारमा सेनाले सन् २०२१ मा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई सत्ताबाट हटाएको थियो । यसकाविरुद्ध असहमति राख्नेलाई सेनाले कारबाही गर्दै आएको छ ।
एजेन्सी ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??