spot_img
spot_img
spot_img

२०८०-०६-२४ बुधबारको राशिफल

spot_img

मेष : सम्बन्धमा मिठास बढ्ने छ भने एक्लो भएकाहरुका लागी प्रेम प्रस्ताव आउन सक्ने वा प्रेममा सफल्ता मिल्नसक्ने रहेको छ। नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। सन्तान सुख प्राप्त हुनुका साथै सन्तानको प्रगतीको खबर सुन्न मिल्नेछ।

बृष:  घरायसी बिबाद र झमेलामा समय बित्नेछ । मन खिन्न हुने एवम बेचैनी बढ्नाले कुनै कुराको निर्णय गर्न नसकिएला। मान्यजनको सल्लह लिएर अगाडी बढेमा लाभ मिल्नेछ।

मिथुन: मित्रजन संगको भेटघाटमा समय बित्नेछ। नजिकै को यात्रा हुनेछ। वैदेशिक रोजगारीका अबसर बन्नेछन ।पुराना काम हरु सफल  हुने योग बनेको छ।

कर्कट : मिष्ठान्न भोजन प्राप्त हुनुका साथै पारिवारिक भेटघाटमा समय बित्न सक्छ। धनको वृद्धि हुनुका साथै केही रोकिएका धन हात पर्नेछन।पुराना ऋणसमेत चुक्ता गर्ने अवसर मिल्नेछ।

सिंह : सामाजिक कार्यमा सरिक हुने अवसर मिल्नेछ।मन प्रसन्न हुनाले उर्जा बढ्ने छ। स्वास्थ्यमा क्रमिक सुधार हुनुका साथै सरकारी कार्यमा सफल्ता मिल्ने समय रहेको छ।

कन्या:   अनावश्यक बिबाद हुँदा  सम्बन्धमा समस्या आउन सक्छ।फिजुल को खर्चले धन को नोकसान गर्नेछ।मुद्दा मामिलाका बिषयले मोड लिनेछ।अरुको बिषयमा चासो नदिए राम्रो हुनेछ।

तुला: आकस्मिक धन लाभको समय बनेको छ।उपहार तथा सम्मान प्राप्त हुदा मन प्रफुल्ल रहनेछ।पिताका वचनलाई सिरोधार्य गरेमा धेरै काम बन्नेछ।विपरीत लिङ्गीबाट सुख मिल्नेछ।

बृश्चिक : राजनितिक एवम सरकारी  कार्यमा अलमल हुनुका साथै  लाभदायक समय  रहेको छ।आफन्त तथा परिवारबाट हैसला प्राप्त हुनाले कामको गति बढ्ने छ ।थालेको कार्य समपन्न गर्नका लागि भने समय बलियो  छ।बिद्यार्थीहरुका लागि यात्राको योग बनेको छ।

धनु:  परोपकार एवम  दान-पुण्य गर्ने अवसर मिल्नेछ। मामलीजन बाट खुशीको खबर सुन्न पाइनेछ।अरुका लागि गरिएको काम को तारिफ हुनाले नयाँ काममा भने जोस र उर्जा बढ्ने देखिएको छ।

मकर: हतारमा लिएको निर्णयले पछुतो गराउन सक्छ। चोटपटकको भय भएकाले यात्रामा बिशेष ध्यान दिनु पर्ने देखिएको छ। आफ्ना गोप्य कुराहरु अरुले थाहा पाउन सक्छन भने मित्रजन बाट घात हुन सक्छ।

कुम्भ: पार्टनरसीपमा गरिएको ब्यपार एवम कार्यमा राम्रो मुनाफा मिल्नेछ।गुरुजनको सल्लाह अनुसार अगाडी बढनु उत्तम  हुनेछ। वैदेशिक यात्राका लागि अत्यन्त सुभ योग बनेको छ। स्वास्थ्यमा विशेषज्ञ ख्याल गर्नु पर्ने देखिन्छ।

मीन :  कुटुम्ब तथा मामलीजनमा दु:खद खबर ले मन खिन्न बनाउन सक्छ।कार्यक्षेत्रमा भने राम्रो लाभ मिल्न सक्छ।अन्तरबार्ता एवम जागिर खोजीका लागि सफलता हासिल हुने देखिन्छ।सकेसम्म आफ्ना कामको बारेमा अन्य कसै संग चर्चा नगर्नु बुद्धिमानी हुने देखिन्छ।पाचन सम्बन्धी समस्या देखिने भएकाले ध्यान दिनु होला।

नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img