एजेन्सी । बलिउड अभिनेता आफताब शिवदासनी आइतबार साइबर ठगीको शिकार बनेका छन् । केवाईसीको नाममा केही ठगहरूको उनको खाताबाट डेढ लाख भारतीय रुपैयाँ निकालेका हुन् । ठगी हुने बित्तिकै अभिनेताले प्रहरीमा यसको उजुरी दर्ता गरेका छन् ।
प्रोसेस सुरु गरेको केही समयपछि उनको मोबाइलबाट बैंक खाताबाट १ लाख ४९ हजार ९९९ रुपैयाँ काटिएको सन्देश आएको थियो । ठगी भएपछि आफताबले सोमबार आफ्नो बैंकका म्यानेजरसँग गुनासो गरेका थिए। म्यानेजरको सल्लाहअनुसार उनले त्यसपछि प्रहरीमा उजुरी गरेका थिए । प्रहरीले यस विषयमा कारबाही अगाडि बढाएको जनाएको छ ।
आफताब पछिल्लोपटक डिज्नी प्लस हटस्टारको वेबसिरिज स्पेसल अप्सः१.५ मा देखिएका थिए । यसबाहेक उनी सन् २०२१ को कन्नड चलचित्र कोटीगोब्बा ३ मा देखिएका थिए ।