काठमाडौं । विश्वको सबैभन्दा असहज ‘सुविधाजनक स्टोर’ चीनको हुनान प्रान्तमा अवस्थित छ । जमिनभन्दा १२० मिटर माथि ठाडो चट्टानमा अवस्थित यो स्टोर हेर्दा मात्रै पनि डरलाग्दो छ । फेर्राटाको छेउमा अवस्थित यो स्टोरमा आगन्तुकहरू फलामे ह्यान्डल, तेर्सो भर्याङ र केबल प्रयोग गरेर पुग्न सक्छन् । यो अद्भुत ‘सुविधाजनक स्टोर’ चट्टान चढ्ने आरोहीका लागि एक छिन सुस्ताउने चौतारी बनेको छ ।
यद्यपि, यसलाई केही वर्ष अघि नै असाधारण कन्भिनियन्स स्टोरमा परिणत गरिएको छ जहाँ आगन्तुकले आफ्नो बोतलमा निःशुल्क पानी भर्न पाउँछन् । यसका साथै यहाँ पैसा तिरेर मुनकेक, सोडा र जुस किन्न पाइन्छ । यो कन्भिनियन्स स्टोर वर्षौँअघि सञ्चालनमा आए पनि पछिल्लो पटक यहाँको भिडियो भाइरल भएपछि मात्रै यो चर्चामा आएको हो ।
विश्वको सबैभन्दा असहज सुविधाजनक स्टोरले व्यस्त मिड–अटम फेस्टिभल र राष्ट्रिय दिवसका बिदाहरूमा पर्यटकलाई सेवा दिने गर्छ । पर्यटकलाई हाइड्रेट गर्ने र आरोहणबाट एक छिन भए पनि उनीहरूको दिमाग हटाउने मौका पनि दिन्छ ।