नेपाली क्रिकेट टीमका सन्दिप लामिछानेले आसन्न त्रिकोणात्मक टी २० क्रिकेट नखेल्ने भएका छन ।
उनले सिरिजबाट नाम फिर्ता लिएका छन । घरेलु मैदानमा हुने प्रतियोगिता आउन केहि समय बाँकी रहेका बेला सन्दिपले सामाजिक सञ्जालबाट प्रतियोगिता खेल्न नसक्ने भन्दै नाम फिर्ता लिएको जानकारी गराएका छन । सन्दिपले फेसबुकमा स्टाटस लेख्दै तत्कालका लागि आफु कुनै प्रतियोगिता खेल्न नसक्ने अवस्थामा रहेको बताएका हुन ।
उनले लेखेका छन, भारी मन पार्दै आगामी प्रतियोगिताबाट नाम फिर्ता लिने निर्णय गरेको र अहिले जुन अवस्थाबाट आफु गुर्जिरहेको छु, त्यो जीवनको निकै कठिन र चुनौतीपुर्ण समय रहेको छ । मैले आफुलाई फेरी पुरानै अवस्थामा ल्याउन निकै आवश्यक रहेको र यो बेला परिवारलाई पनि समय दिनुपर्ने महसुस गरेको छु । अर्को भेट नभएसम्म सबैको आशीर्वाद र शुभकामनाका लागि आफु कृतज्ञता ब्यक्त गर्न चाहान्छु, ।
अदालतमा बिचाराधिन रहेको सन्दिपको मुद्दाको अन्तिम सुनुवाई बारम्बार सर्दै आएको छ । हिजोपनि सन्दिपको पेसीमा कुनै सुनुवाई हुन सकेन । मानसिक रुपमा दवावमा रहेका सन्दिप चीनमा भएको एशियन गेम्समा पनि मुद्दाकै कारण अन्तिम समयमा खेल्न पुगेका थिए । तर प्रतियोगितामा उनको प्रदर्शन खासै राम्रो हुन सकेको थिएन ।