spot_img
spot_img
spot_img

इजरायलमा मारिएका नेपालीहरुको शव ल्याउन समय लाग्छ: परराष्ट्र मन्त्रालय

spot_img

काठमाण्डौ ।

इजरायलमा हमासको आक्रमणमा परी ज्यान गुमाएका नेपालीको शव ल्याउन केही समय लाग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली सहित अन्य देशका मृतकको संख्या धेरै भएकाले इजरायली सरकारले आफ्नो कानूनी प्रक्रिया अनुरुप शव प्रदान गर्ने भएकाले शव ल्याउन समय लाग्ने भएको हो । डीएनए, फिगरप्रिन्ट र दाँतको पहिचान गरिने जनाइएको छ । युद्धमा मारिएका १३ सय शवको पहिचान हुन बाँकी रहेको इजरायल सरकारले जनाएको छ । यही असोज २० गते १० विद्रोही समूह हमासको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । घटनामा चार जना नेपाली घाइते भएकोमा १ जना उपचारपछी नेपाल फर्केका छन् । यसैबीच इजरायलको किबुजस्थित कृषि फार्ममा कार्यरत नेपाली बिद्यार्थी बिपिन जोशीको अवस्था अझै अज्ञात छ । कन्चनपुर भीमदत्त नगरपालिकाकाका बिपिन जोशीले हमासले बंकरमा प्रहार गरेको ग्रिनेड बंकर बाहिर फाल्दा चारजान नेपालीको ज्यान बचेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img