काठमाडौं । इजरायल सरकारले इजरायल भएको आक्रमणमा ज्यान गुमाएका १० नेपाली मध्ये पाँच जनाको शव इजरायलस्थित नेपाली दुताबासलाई हस्तान्तरण गरेको छ । नारायणप्रसाद न्यौपाने, लोकेन्द्र सिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशीष चौधरीको शव प्राप्त भएको दूतावासले जनाएको छ ।
प्राप्त शव नेपाल ल्याउन आवश्यक समन्वय भइरहेको बताईएको छ । दूतावासले आक्रमणपछि सम्पर्कविहीन रहेका विपीन जोशीको अवस्था अझै अज्ञात रहेको जनाएको छ । उनको खोजीकार्य तीव्र पारिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??