कङ्गो ।
प्रजातान्त्रिक गणतन्त्र मुलुक कंगोमा डुंगा दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । घटनामा २६१ जना बेपत्ता भएका छन्। प्रान्तीय अधिकारीहरूका अनुसार उक्त डुंगा कंगो नदीको बन्दरगाह सहर मबान्डाकाबाट ३ सय किलोमिटर भन्दा बढी दूरीमा रहेको बोलोम्बाका लागि छुटेको केहीबेरमा दुर्घटना भएको हो ।
डेपुटी प्रान्तीय गभर्नर टेलर एनगान्जीले एक भिडियो वक्तव्यजारी गर्द दुखः व्यक्त गर्नुभयो । घटनाका दोषीमाथि कडा कारबाही गरिने पनि उहाँले उल्लेख गर्नुभएको छ । अत्यधिक भारका कारण डुंगा पल्टिएको आशंका गरिएको छ ।
एजेन्सी ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??