spot_img
spot_img
spot_img

इजरायली आक्रमणले गाजा क्षेत्रमा मानवीय सङ्कट, इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा

spot_img

इजरायल ।

इजरायली आक्रमणले प्यालेस्टाइनको गाजा क्षेत्रमा मानवीय सङ्कट हुन थालेको छ । इन्धन अभावले उत्तरी गाजाका अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् । पछिल्लो ४८ घण्टामा उत्तरी गाजाका ११ लाखमध्ये ५ लाखभन्दा धेरै आफ्नो थातथलो छाडेर पलायन भएका छन् । उनीहरु तुलनात्मक रुपले सुरक्षित मानिएको दक्षिणी क्षेत्रतर्फ लागेको जनाइएको छ । तर, त्यहाँका बासिन्दाले गाजामा कतै पनि सुरक्षित ठाउँ नभएको बताएका छन् ।

आक्रमणमा परेर घाइते भएकाहरुले अस्पताल भरिँदा उपचार गर्न कठिन भएको छ । शव व्यवस्थापन गर्न ठाउँ अभाव भएका कारण चिसो सामान ढुवानी गर्ने गाडीमा शव राख्न थालिएको छ । प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणपछि इजरायलले गाजा पट्टीमा पूर्ण नाकाबन्दी गरेको छ । अहिले अस्पतालमा जेनेरेटरबाट विद्युत् आपूर्ति भइरहेको भए पनि आजदेखि जेनेरेटरको इन्धन सकिने जनाइएको बीबीसीले जनाएको छ ।

एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img