रुपन्देही । रुपन्देहीका उद्योगीहरुको छाता संस्था रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट हरि खत्रीको प्यानलै बिजयी भएको छ। संघको अध्यक्षमा दिलिप सापकोटा र बरिष्ठ उपाध्यक्षमा कृष्ण प्रसाद पराजुली तथा प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले यस अघि नै निर्विरोध भएपनि केही उद्योगीहरु सहमतीमा नआउदा द्धितिय उपाध्यक्ष लगायतका ४ पदाधिकारीकाे सोमबार मतदान भएको थियो । द्धितिय उपाध्यक्ष पदका लागि उद्योगी माया खनाल र हरिबहादुर खत्रीले उम्मेदवारी दिएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??