spot_img
spot_img
spot_img

एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौबाट बाहिरिए

spot_img

काठमाडौं । एकै दिन झण्डै एक लाख यात्रु काठमाण्डौ उपत्यकाबाट बाहिरिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका कलंकी, बालाजु, बल्खु, कोटेश्वरलगायत नाकाबाट ९१ हजार एक सय दुई जना यात्रु बाहिरिएको र यो अवधिमा उपत्यका भित्रिनेको संख्या भने ५७ हजार ५ सय १ रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बसको अग्रिम टिकट बुकिङ खुला गरेर यात्रालाई व्यवस्थित बनाउने प्रयास गरेको दाबी गरिरहे पनि सोछे अनुरुप हुन सकिरहेको छैन । अग्रिम टिकट पाउन समेत यात्रुलाई सास्ती छ । यस्तै, दशैँ शुरु भएसँगै गाउँघरमा पनि चहलपहल बढेको छ । कामका लागि देश बाहिर रहेका र देश भित्र पनि शहरी क्षेत्रमा बस्दै आएकाहरु घर फर्किएसँगै चहलपहल बढेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img