काठमाडौं ।
संयुक्त राष्ट्रसंघ, मानवअधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार राति विज्ञप्ति जारी गर्दै गाजा शहरको अल अहली अरब अस्पतालमा भएको हमलाको कडा शब्दमा निन्दा गरेका छन् । आक्रमणमा परी सयौं मानिसको ज्यान जाने घटना पूर्ण रूपमा अस्वीकार्य भएको बताएका छन् ।
‘स्तब्ध छु । आज राति, सयौं मानिसहरू मारिए (भयानक रूपमा) गाजा शहरको अल अहली अरब अस्पतालमा गरिएको घातक आक्रमणमा बिरामीहरू, स्वास्थ्यकर्मीहरू र देखेका परिवारहरू पीडित भएका छन् । प्यालेस्टिनी स्रोतका अनुसार कम्तीमा ५०० प्यालेस्टाइनी मारिएका छन् । स्थानीय प्रत्यक्षदर्शीहरूले सिन्ह्वालाई बताएअनुसार रकेट अस्पतालमा ठोक्कियो र ठूलो विस्फोट भएको थियो। हामीलाई यो नरसंहारको पूर्ण मात्रा थाहा छैन, तर के स्पष्ट छ भने हिंसा र हत्याहरू पूर्णरूपमा रोकिनुपर्छ,’ यस्ता घटना रोक्न सबै राष्ट्र एकजुट हुनुपर्छ टर्कले भने ।
मिडिया रिपोर्टकाअनुसार गाजाको मध्य क्षेत्रमा रहेको शरणार्थी शिविरमा रहेको संयुक्त राष्ट्रसंघको विद्यालयमा मङ्गलबार दिउँसो आक्रमण हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो। त्यहाँ शरण खोजिरहेका करिब ४,००० मानिसहरूले लागि आश्रय लिइरहेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मङ्गलबार राति अल अहली अरब अस्पतालमा भएको आक्रमणको विरोधमा विज्ञप्ति जारी गर्दै ठूलो मात्रामा घटना भएको जानकारी दिएको छ।