spot_img
spot_img
spot_img

गठवन्धन सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको सांसद विश्वकर्माको भनाई

spot_img

रुपन्देही । गठवन्धन सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको नेकपा एमालेका सचिव छविलाल विश्वकर्माले बताउनु भएको छ। उहाले गठबन्धन सरकार नागरिकको पक्षमा काम गर्नु भन्दा सरकार प्राप्तीको खेलमा लागेको आरोप लगाउनुभयो।

अखिल नेपाल महिला संघ देवदह नगर कमिटीले विजया दशमी, शुभदिपावली, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उहाले उक्त कुरा बताउनु भएको हो। प्रतिनिधि सभा सदस्य समेत रहनु भएका सचिव विश्वकर्माले देशको आर्थिक अवस्था कमजोर भएको अवस्थामा समेत गठबन्धन सरकारले अर्थतन्त्र सुधारको लागि कुनै पहल नगरेको दावी गर्नुभयो। उहाले नेकपा एमालेलाई बलियो शक्तिको रुपमा स्थापित गर्न महिलाहरुको अह्म भूमिका हुनेमा जोड दिनुभयो।

अखिल नेपाल महिला संघ देवदह नगर कमिटीका अध्यक्ष गीता भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले लुम्विनी प्रदेश कमिटी सदस्य एवं देवदह नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्ग, नेकपा एमाले रुपन्देहीक सचिवालय सदस्यद्धय बेद गिरी, प्रकाश अर्याल, अखिल नेपाल महिला संघका क्षेत्रीय सहईन्चार्ज देवी अधिकारी, नगर ईन्चार्ज देवु भट्टराई, क्षेत्रीय कमिटीका अध्यक्ष विष्णु घिमिरे, पुर्वअध्यक्ष शिला मल्ल लगायतले आ–आफना भनाई राख्नु भएको थियो।

अखिल नेपाल महिला संघ देवदह नगर कमिटीका उपाध्यक्ष फुलमाया श्रीषको स्वागत र सचिव अनिषा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img