spot_img
spot_img
spot_img

संसारबाट मानवता हराउँदै गएको राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुखको भनाइ

spot_img

एजेन्सी ।

संयुक्त राष्ट्रसंघीय राहत एजेन्सीका प्रमुख फिलिप लाजारिनीले संसारबाट मानवता हराउँदै गएको टिप्पणी गरेका छन् । इजरायल र हमासबीचको युद्धको परिणामस्वरुप मध्यपूर्व ‘अगाध खाडलको किनारमा’ पुगेको उनको दावी छ । बेलायती समाचार संस्था बिबिसीलाई प्रतिक्रिया दिनेक्रममा राष्ट्रसंघको राहत एजेन्सीका प्रमुख लाजारिनीले गाजाका नागरिकहरूको डरलाग्दो अवस्थाबारे चेतावनी दिंदै यस क्षेत्रमा मानवीय सहायता कोरिडोरहरू तत्काल खोल्न फेरि आह्वान गरेका छन् ।

जेरुसेलममा बोल्दै लाजारिनीले इजरायलमा हमासको आक्रमणको निन्दा गर्दै यसलाई ‘भयानक र बर्बर नरसंहार’ को संज्ञा दिएका छन् । तर यो घटनाले अझै पनि इजरायलले गाजामा गरिरहेको युद्धको औचित्य पुष्टि नगर्ने उनको दावी छ । गाजाको सर्वसाधारणको नरसंहार गरेर मध्यपूर्वमा शान्ति नआउने उनले बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img