देवदह । लायन्स क्लब ईन्टरनेसनल डिस्ट्रिक ३२५ पी जोन १८ ले शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। जोन-१८ अन्तर्गत देवदहमा रहेका ४ वटा संस्था लायन्स क्लब अफ देवदह, लायन्स क्लब अफ देवदह प्रोफेसनल युथ, लायन्स क्लब अफ पाकडी वृक्ष र लायन्स क्लब अफ देवदह युनाईटेडले दशै, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेका हुन्।
कार्यक्रममा बोल्दै डिस्ट्रीक एड्भाईजर तथा लायन्स क्लब अफ देवदहका चार्टर्ड प्रेसिडेन्ट लायन विष्णु पौडेलले लायन्स क्लबले प्रतिस्पर्धा नभई विशुद्ध समाजसेवा गर्ने उद्देश्य राख्नु पर्ने बताउनुभयो। उहाले आफुभन्दा कम भाग्यमानी ब्यक्ति तथा समुदायको सेवा गर्नुनै लायन्स क्लबको उदेश्य रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै कलस्टर चिफ लायन राम बहादुर गुरुङले सामाजिक संघ संस्थाको कुनै जाति धर्म नहुने र सबै नेपाली हु भन्ने भावना साथ समाजमा प्रत्यक्ष फाईदा हुने खालका कार्यक्रम गर्नुपर्ने बताउनुभयो। उहाले प्रत्येक क्लबले आफ्नो छुट्टै सिग्नेचर प्रोग्राम गराई त्यसले समाजमा सकारात्मक प्रभाव पर्ने गरी कार्यक्रमलाई निरन्तरता दिन पनि आग्रह गर्नुभयो।
सोही अवसरमा भर्खर मात्रै लायन्स क्लब ईन्टरनेसनलमा दर्ता भएको लायन्स क्लब अफ देवदह युनाईटेडलाई डिस्ट्रीक एड्भाईजर लायन विष्णु पौडेलले चार्टर्ड पिन र
चार्टर्ड सर्टिफिकेट प्रदान गर्नु भएको थियो।
कार्यक्रम जोन १८ का चियरपर्सन लायन विनोद थापा मगरको अध्यक्षता र लायन्स क्लब अफ देवदह प्रोफेसनल युथका अध्यक्ष लायन कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।