बुटवल । यसपालिको दशैँकाे टीकासम्म नै खासै पानी पर्ने सम्भावना नरहेको मौसमविद् बताएका छन । उनिहरुका अनुसार आजदेखि टीकाको दिन मङ्गलबारसम्मकै मौसम सामान्यतया सफा हुने देखिएको छ । तर, यसबीचमा पहाडी क्षेत्रका एक/दुई ठाउँमा फाट्टफुट्ट पानी पर्ने अनुमान भने गरिएको छ ।
केही ठाउँमा दिउँसो बादल लागे पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रतिमा मानन्धरले बताउनुभयो। जाडोयाम शुरु भइसकेकाले चिसो भने बिस्तारै बढ्दै छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??