मलेसियामा जारी एसीसी यू १९ प्रिमियर कपको सेमिफाइनलमा नेपालले जापानमाथि १४४ रनको फराकिलो जितसहित फाइनलमा स्थान बनाएको छ ।
वर्षाले प्रभावित खेलमा नेपालले दिएको १८७ रनको लक्ष्य पछ्याउने क्रममा जापान ४३ रनमा अलआउट भयो ।
नेपालकाे लागि दिपक बाेहाेराले सर्वाधिक ७९ रन, आकाश त्रिपाठीले ३५ रन, अर्जुन कुमालले १० रन, देव खनालले ८ रन जाेड्न सफल भए ।
फाइनलमा पुगेसँगै नेपाल यु १९ एसिया कपमा छनाैट भएकाे छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??