आज वडा दशैको आठौ दिन अर्थात महाअष्टमी, दुर्गा भवानीको पुजा आरधना गरि मनाईदैछ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्त्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको छ ।
आजको दिन कलपुर्जा, हातहतियार र गाडीलाई विशेषरूपमा सरसफाइ गरी देवी स्थापना गरिएको ठाउँमा राखेर पूजा गर्ने गरिन्छ । यी साधनलाई देवीको शस्त्रअस्त्रका रूपमा मानी पूजा गर्ने गरिएको हो । घटस्थापनाको दिन घरघरमा जमरा राखेर दशैँ शुरु भए पनि फूलपाती, महाष्टमी, महानवमी र विजयादशमीलाई विशेष मानिन्छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??