बुटवल ।
मनकामना केबलकार नियमित रुपमा आजदेखि सन्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्जवल शेरचनका अनुसार दशैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो ।
प्रसिद्ध धार्मिकस्थल मनकामना माता माईको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटार (चेरेस) बाट १० मिनेटमा पुग्ने गरी विसं २०५५ सालमा स्थापना गरिएको मनकामना केबलकार नेपालको पहिलो केबलकार हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??