मेष : आकस्मिक खर्च बढ्न सक्ने छ। स्वास्थ्यमा भने बिशेष ध्यान दिनु पर्ने देखिएको छ। अरुका कामबाट फाईदा लिन सकिने योग बनेको छ। यात्राको योग बनेको छ भने नयाँ काम को थालनी नगर्दा उत्तम हुनेछ।
बृष : बिशेष लाभ को समय रहेको छ। अघिल्ला दिनमा गरेका कामबाट राम्रो फाईदा मिल्नेछ।नसोचेको स्थानमा आफ्नो चर्चा हुनेछ।यात्रा सुखद रहनेछ।
मिथुन : नयाँ काम वा रोजगारीका लागि बिशेष दिन रहेको छ।पश्चिम – उत्तर को यात्रा शुभ रहने छ भने ब्यबहारिक समस्या समाधानका लागि बिशेष पहल हुने योग बनेको छ।
कर्कट : ईष्टजन तथा पुराना आफन्त वा दिग्गजहरु संगको यादगार भेटघाटले मन आनन्दित गराउने छ।धर्मका बिषयमा चर्चा चल्ने छ भने कुनै बिशेष कार्यको जिम्मेवारी थपिने छ।
सिंह : धन हराउँन सक्ने हुदा अल्लि सचेत रहनु पर्ने हुन्छ । स्वास्थ्यमा समस्या बढ्ने समय रहेको छ विशेष ध्यान दिनु होला । बोलीको कारणले गर्दा सम्बन्धमा समस्या बढ्न सक्छ सर्तक रहनु होला ।
कन्या : वैैवाहिक सम्बन्धमा सुधार आउँनेछ । पार्टनरशिपमा गरको काममा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रबाट रकम हात पर्नेछ ।मनमा केही उत्तेजित भाव बढ्न सक्छ भने मनोरञ्जनमा समय बित्न सक्छ।
तुला : न्यायमिल्ने समय रहेको छ । राजनैतिक क्षेत्रमा समय राम्रो भएकाले अगाडी बढ्दा सफलता मिल्नेछ । प्रतिशपर्दामा भागलिदा राम्रो नतिजा आउँनेछ ।स्वास्थ्यमा भने ध्यान दिनु होला ।
बृश्चिक : बौद्धिक क्षमतामा वृद्धि हुने छ । नयाँ कुराको अध्यनमा रुचि जान सक्छ ।प्रेम प्रस्ताव आउँने समय छ । मनोरञ्जनात्मक कार्य समय बित्नेछ । वौद्धिक र तार्किक क्षमताको विकास हुनेछ ।
धनु : घरपरिवारसँगको सम्बन्धमा समस्या आउँनेछ । साथीहरुको कारणले गर्दा समस्या बढ्नेछ । स्वास्थ्यमा केही समस्या आउँन सक्छ सकरात्मक सोच राखेर अगाडी बढ्नु होला ।मन कम्जोर बनाउने वा क्षणिक निर्णय नगर्दा राम्रो हुनेछ।
मकर : धार्मिक अनुष्ठानमा सहभागी हुने योग बनेको छ । भाग्यको साथ मिल्नेछ। दिनको सुरुवात शुभकार्यबाट थालनी हुने देखिन्छ। उपहारहरु मिल्ने समय रहेको छ । पुराना मित्रहरू संग भेटघाटको योग बनेको छ।
कुम्भ : रोकिएको सम्पति हात पर्नेछ । साथीभाईसँग भेटघाट गरेर राम्रो समय बित्नेछ । मन प्रशन्न रहनेछ । व्यक्तित्वमा निखार आउँनेछ । मान प्रतिष्ठामा वृद्धि हुने सम्मान मिल्ने समय छ । नयाँ कामको थालनी गर्न शुभ समय रहेको छ ।
मीन : आजको दिन शुभ देखिन्छ । प्रियजनको साथले गर्दा आटेको काममा सफलता मिल्नेछ । घरमा बहुमूल्य सामानको खरिद हुने समय रहेको छ । कामको क्षेत्रमा स्तरउन्नती हुनसक्छ ।आत्माबल बढनाले धेरै काम सम्पादनमा सहज हुनेछ।
नोट: राशीफल भनेको राशिहरुको भाव अवस्था तथा विभिन्न भाव एवम राशीमा बसेकाग्रहको अवस्थालाई हेरेर लिखिने/ भनिने भएकाले जीवनमा हुबहु नमिल्न सक्छ। हाम्रो जिवनलाई नितान्त कर्मले बदल्ने भएको हुँदा कर्म गर्न भने छोड्नु हुदैन। राशी भन्दा बिशेष जन्मकुण्डली स्थित ग्रहको अवस्था हुने भएकाले थपजानकारीका लागि नजिकै चिनेका जानेका ज्योतिष संग उचित परामर्श लिदै सकारात्मक सोचका साथ अगाडि बढ्न सबैमा अनुरोध गरिन्छ।