spot_img
spot_img
spot_img

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, दिउँसो ४:१९ बजेबाट सुतक लाग्ने

spot_img

बुटवल ।

आज राति नेपालमा खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।    राति २ बजेर ३८ मिनेटमा ग्रहण समाप्त हुने समितिले जनाएको छ । खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ । यस्तै, एसिया, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।

यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो । गएको वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img