बुटवल । नेपालको पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागको मौसम सफा रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी भूभागमा रहेको पश्चिमी वायुको आंशिक प्रभावको कारण पहाडी भूभागमा केही बादल लागेको छ ।
आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई ठाउँमा सामान्य हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । महाशाखाले आउँदो तीन दिनसम्म नै मौसम सामान्यतया सफा रहने जानकारी गराएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??