spot_img
spot_img
spot_img

मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ काे टाेली बुटवलमा

spot_img

बुटवल ।

असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो । यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर १२२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ ।

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा साे अभियान सुरू गरिएकाे अभियान अन्तर्गत बुटवलबाट ३ जनाको उद्धार गरिएको मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए । पूर्वको मेची पुलबाट एक बालकसहित ३ जनाको उद्धार गरी सुरु भएको अभियान महाकालीमा पुगेर समापन गरिने उनले बताए ।

चर्चित गायिका आनी छोइङ डोल्मासँगै मानव सेवा आश्रमका सदस्यहरुसहित अभियानमा रहेका टोलीमा सडकमा बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, मानसिक तथा सामाजिक रूपमा कमजोर सडकआश्रित मानवलाई उद्धार गर्दै आएको छ ।

अभियानकर्तालाई बुटवलमा स्वागत गर्दै बुटवल उमपहानगरका मेयर खेलराज पाण्डे, समाजसेवी तथा मानव सेवा आश्रमका सदस्य गोपाल रानाले अभियान सफलताको शुभकामना व्यक्त गरे । बुटवलको बसपार्कमा बेसहारा भई बसेका एक पुरुष, एक महिला र बालिकालाई उद्धारपछि बोल्दै मेयर पाण्डेले उनीहरूको व्यवस्थापनका उपमहानगर सबै दायित्व पूरा गर्न तयार रहेको बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img