एजेन्सी ।
भारतमा प्याजको भाउ किलोकै ८० रुपैयाँ पुगेको छ । आपूर्ति अभावबिच हालैका दिनमा प्याजको भाउ बढेको छ । राजधानी नयाँ दिल्लीको खुद्रा बजारमा एक किलो प्याज ६५ रुपैयाँदेखि ८० रुपैयाँबिच किनबेच भइरहेको छ । खुद्रा बजारमा भाउ बढ्न थालेपछि शुक्रबार केन्द्र सरकारले सहुलियत दरका पसलहरू खोलेर प्रतिकिलो २५ रुपैयाँमा प्याज बेचिरहेको छ ।
नयाँ प्याज बजारमा आउन ढिलाइ हुँदा भाउ बढेको बताइएको छ । नयाँ प्याज बजारमा आउने समय भइसके पनि आइसकेको छैन ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??