काठमाडौं ।
सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ।हिजो सुनको भाउ तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । हिजो अहिलेसम्मकै महङ्गो मुल्यमा सुनको कारोबार भएको थियो ।
आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।
चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??




