काठमाडौं ।
नेपाली सेनाप्रति घृणा र द्वेष फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ परेका छन् । विगत केही दिनदेखि सामाजिक सञ्जालको माध्यमबाट नेपाली सेनाबारे जथाभावी सामग्री लेखेर घृणा फैलाएको आरोपमा झापाकाे दमक घर भई अहिले काठमाण्डौ बस्दै आएका डिल्लीराम खनाललाई पक्राउ गरिएको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।
सेनाको आग्रहमा खनाललाई पक्राउ गरेर अदालतमा पेस गरिएको र सात दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान भइरहेको साइबर ब्युरोले जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??