spot_img
spot_img
spot_img

जेट एयरवेजको ५३८ करोड रुपैयाँको सम्पत्ति जफत

spot_img

एजेन्सी ।

जेट एयरवेज विरुद्धको कथित सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा भारतको प्रवर्तन निर्देशनालय (ईडीले)ले कम्पनीको ५  सय ३८करोड रुपैयाँको सम्पत्ति जफत गरेको छ। जेट एयरवेजका संस्थापक नरेश गोयल, उनकी श्रीमती अनिता गोयल र छोरा निभान गोयललगायत धेरै व्यक्ति तथा कम्पनीको नाममा रहेका १७ वटा आवासीय फ्ल्याटरबंगला र व्यावसायिक सम्पत्तिहरू रहेको अनुसन्धान एजेन्सीले जनाएको छ ।

मंगलबार ईडीले नरेश गोयलविरुद्ध चार्जशीट दायर गरेको थियो। उनी सेप्टेम्बरमा सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका थिए। यो मुद्दा एयरलाइन्सलाई दिइएको ऋणसँग सम्बन्धित छ। क्यानरा बैंकले नोभेम्बर २०२२ मा उजुरी दायर गरेको थियो जसको आधारमा सीबीआईले गत मेमा एफआईआर दर्ता गरेको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img