spot_img
spot_img
spot_img

गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा भएको आक्रमणको संयुक्त राष्ट्र सङ्घद्वारा निन्दा

spot_img

एजेन्सी ।

संयुक्त राष्ट्रसङ्घले गाजाको सबैभन्दा ठूलो शरणार्थी शिविरमा गरिएको आक्रमणको निन्दा गरेको छ।हमासका लडाकु समूहका कमाण्डरलाई लक्षित गरी इजरायलले गाजाको शरणार्थी शिविरमा गरेको आक्रमणमा ११ जनाभन्दा धेरै सैनिकको ज्यान गएको छ । त्यस्तै सर्वसाधारणले ज्यान गुमाएका छन्।

घटनाको संयुक्त राष्ट्रसङ्घले भर्त्सना गरेको हो । संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले एक वक्तव्यमार्फत् गाजामा युद्ध अझ डरलाग्दो चरणमा प्रवेश गरेको टिप्पणी गर्नुभएको छ।

यसैबीच, जोर्डनले पनि आक्रमणको विरोधमा आफ्नो राजदूतलाई तत्काल फिर्ता बोलाउने जनाएको छ ।

जोर्डनका विदेशमन्त्री अयमान सफादीले इजरायलका लागि जोर्डनका राजदूतलाई तत्काल फिर्ता बोलाउने निर्णय गरेको विदेश मन्त्रालयलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । गाजामा निर्दोष मानिसले ज्यान गुमाएका र इजरायली युद्धको निन्दा गर्न यो कदम चालिएको जोर्डनको विदेश मन्त्रालयले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img