जाजरकोट ।
जाजरकोटमा गयराती गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार जाजरकोटमा १०५ र रुकुम पश्चिममा ५२ गरी १५७ जनाको मृत्यु भएको हो ।
भूकम्पबाट जाजरकोटमा १०५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा ३–३ तथा रोल्पामा एक गरी १९७ जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज तथा सुर्खेतमा उपचार भइरहेको छ ।
भूकम्पबाट गम्भीर घाइते भएका रुकुमका सातजनालाई नेपाल वायुसेवा निगमको ट्विनटर जहाजमार्फ काठमाडौँस्थित त्रिवि शिषण अस्पताल महाराजगन्जमा ल्याइएको छ । अहिले पनि तीनवटै सुरक्षा निकायको सक्रियतामा घाइतेहरुको उद्धार लगायतका काम भइरहेको छ ।