गुल्मी ।
गुल्मीमा एक पसलमा आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरकाे क्षति भएकाे छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार गुल्मी दरबार गाउँपालिका-७ फेदीमा गएराति टोपबहादुर बस्नेतको किराना पसल राखेको घरमा आगलागी हुँदा दुई वटा माेटरसाइकलसहित पसलका सामान जलेका हुन ।
आगलागी हुँदा नगद दुई लाख रुपैयाँसहित सुन, चामल र लत्ताकपडालगायत गरी ३५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । कसरी आगलागी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??