जाजरकोट ।
जाजरकोटमा फेरि भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज साेमवार दिउँसो ४ बजेर ३१ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको जनाएको हो । भुकम्प रुपन्देही,चितवन,कपिलवस्तु लगायतका जिल्लामा महसुस गरिएको थियो ।
गएको शुक्रवार राति जाजरकोटमै केन्द्रविन्दु भएर गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरेर १ सय ५३ जनाको ज्यान गएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??