काठमाडौं । पोखराको लेक साइड बन्द नगर्न उच्च अदालत पोखराले आदेश दिएको छ । आज बुधबार उच्च अदालत पोखराले लेक साइड बन्द नगर्ने आदेश दिएको हो ।
देवकुमारी बरालले दिनुभएको रिट निवेदनमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश राजन प्रसाद भट्टराईले कानून अनुसार व्यापार व्यवसाय गर्न रोक नलगाउन अन्तरिम आदेश जारी गर्नुभएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??