काठमाडौं ।
कलाकार दिपाशा बिसिको निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति एक्कासी स्वास्थमा समस्या देखिएपछी उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । उनको बिहीबार निधन भएको बताईएको हो । अस्पताल लगिएपनी के कारणले उनको निधन भएको हो भन्नेबारे खुलिसकेको छैन ।
आज उनको शव थापाथलीस्थित नर्भिक अस्पतालबाट त्रिवि शिक्षण अस्पताल लगिएको छ । उनको अन्त्येष्टि भने (भोलि) शुक्रबार गरिने बताइएको छ । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??