spot_img
spot_img
spot_img

गाँजाले मुटुमा सोचेको भन्दा धेरै क्षति पुर्‍याउने

spot_img

एजेन्सी ।

सेवनको अनेकौँ लाभ हुन्छ भनेर हामीले बेला बेलामा सुनिरहेका छौँ । तर गाँजा सेवनलाई बानी नै बनाउनु भने जोखिमरहित नभएको नयाँ अध्ययनले देखाएको छ । नियमित रूपमा गाँजाको सेवनले हर्ट अट्याक र हर्ट स्ट्रोक जस्ता मुटुसम्बन्धी समस्याहरुको जोखिम ह्वात्तै बढाउने अमेरिकन हर्ट एशोसियशनले गरेको एउटा अध्ययनले देखाएको छ । अध्ययनको नतिजा अनुसार गाँजा सेवन यसअघि हामीले सुनेको वा आशंका गरेकोभन्दा पनि धेरै चिन्ताकारी छ । खासगरी नियमित रूपमा सेवन गरिरहेकाहरु र दीर्घ स्वास्थ्य समस्या भएकाहरुका लागि ।

एउटा अध्ययनमा बाल्टिमोरस्थित मेडस्टार हेल्थले १ लाख ५६ हजार ९९९ जनाको डेटा हेरेको थियो । यस क्रममा कहिले पनि गाँजा नखानेको तुलनामा दैनिक रूपमा गाँजा सेवन गर्नेमा हर्ट फेलियर हुने जोखिम ३४ प्रतिशत उच्च पाइयो ।  स्वास्थ्य समस्या भएर गाँजा सेवन गर्नै पर्ने बाहेकको कुनै पनि रूपमा गरिने सेवनलाई अध्ययनमा गाँजा प्रयोग भनेर भनिएको थियो । गाँजाले स्वास्थ्यमा कसरी असर पुर्‍याउँछ भने अध्ययनले थप प्रमाण दिएको अध्ययनका लेखक तथा मेडस्टारमा डाक्टर याकुबु बेन–अल्हासानले भनेका थिए ।

यो अध्ययनले गाँजा प्रयोगबारे थप अध्ययन गर्न अनुसन्धानकर्ताहरुलाई प्रेरित गरेको उनी बताउँछन् । अर्को अध्ययनले भने वृद्ध वयस्कहरुमा गाँजाको प्रयोगले स्वास्थ्य समस्या झनै बढाउने देखाएको थियो ।

गाँजा प्रयोगको लत लागेका बिरामीहरूमा हृदय वा मस्तिष्कघात हुने सम्भावना उच्च पाइएको थियो । गाँजाको दीर्घकालीन प्रयोगले स्वास्थ्यमा पार्न सक्ने असरहरु अहिलेसम्म स्पष्ट भइसकेका छैनन् । यद्यपि, यसले गाँजाको प्रयोग र मुटुको स्वास्थ्यबारे सतर्क हुनु पर्ने देखाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img