नवलपुर ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुली नगरपालिका–९ मा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या सात पुगेकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका मध्यबिन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा ज्यान गएकाे प्रहरीले जनाएको छ ।
गम्भीर घाइते अर्यालको उपचारका क्रममा चितवनमा रहेकाे पुरानो मेडिकल कलेजमा ज्यान गएकाे हो । योसँगै दुर्घटनामा परि ज्यान जानेको सङ्ख्या सात पुगेको हाे ।
बौदिकाली गाउँपालिकाबाट दलदलेका लागि छुटेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ को गोरेघुम्तीमा दुर्घटना भएकाे हाे ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??