रुपन्देही ।
दिगाम युवा क्लबले आयोजना गरेको खुल्ला क्रिकेट प्रतियोगितामा स्टार ईलाभेन चौतारा विजयी भएको छ ।आज सम्पन्न भएको प्रतियोगिताको फाईनल खेलमा दिगाम कृकेट क्लबलाई हराउदै स्टार ईलाभेन बिजयी भएको हो ।प्रतयोगितामा आयोजक टिम सहित 20 टीमले भाग लिएका थिए ।
दिगाम क्रिकेट क्लवले 12 ओभरको समाप्तिमा 97 रनको लक्ष्य दिएकोमा स्टार ईलाभेन चौताराले 10 ओभरको पहिलो बलमै लक्ष्य भेटाउदै जीत हासिल गरेको थियो।
प्रतियोगितामा म्यान अफ दी म्याच स्टार ईलाभेन चौताराको खेलाडी केशव पौंडेल बनेका छन् । उत्कृष्ट ब्याट्सम्यान विकाश आले र उत्कृष्ट बलर विवेक भण्डारीले पाएका छन ।
कोशल पोख्रेल स्मृती खेल मैदान छात्रकोट-4, दिगाम गुल्मीमा भएको प्रतियगिताको समापन कार्यक्रममा खेलाडीको हौसला बढाउन तथा आकर्षणको लागि आयोजकले पञ्चे बाजा सहित सोरठी नृत्यको समेत आयोजना गरेको थियो।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको प्रमुख अतिथि तथा वार्ड अध्यक्ष गुमाखर ज्ञवालीको विशिष्ट अतिथित्यतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रविन पन्थले गरेका थिए।