spot_img
spot_img
spot_img

बाइडेनको ‘नुडल कुटनीति’ भोजनालय, अमेरिकी सम्बन्धलाई न्यानो बनाउने चिनियाँ नजर

spot_img

एजेन्सी ।

बेइजिङको सडकमा सुँगुरको कलेजो, फोक्सो र आन्द्राको हार्दिक व्यञ्जन पस्किने एउटा सामान्य रेस्टुरेन्ट कुनै समय अपरम्परागत चीन–अमेरिका सम्बन्धको स्थल थियो ।

सन् २०११ को भ्रमणमा अमेरिकाका तत्कालीन उपराष्ट्रपति जो बाइडेन याओजी चाओगनमा दिउँसो भोजनका लागि जानुभयो र यसले उहाँको ‘नुडल कुटनीति’ लाई लिएर सामाजिक मिडियामा क्रेज बढ्यो ।

यो हप्ता चिनियाँ राजधानीको ऐतिहासिक हटोङ इलाकामा एउटा रेस्टुरेन्टबाहिर चिनियाँ सर्वसाधारणले चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनबीचको भेटले उहाँहरूको आफ्नै कुटनीतिक सफलता हासिल गर्न सहयोग गर्ने अपेक्षा गरेका छन् ।

बाइडेन र सीले यसै हप्ता सान फ्रान्सिस्कोमा व्यापारदेखि भू–राजनीतिक तनावसम्मका महत्त्वपूर्ण मुद्दामा विचार विमर्श गर्दै हुनुहुन्छ । यो उहाँहरूको एक वर्षभन्दा लामो समयपछिको पहिलो भेटवार्ता हुनेछ । बेइजिङको सात सय वर्ष पुरानो ड्रम टावर नजिक यात्रुहरूले दुवै नेताले विश्वका लागि एक हुन सिक्न आवश्यक रहेको एएफपीलाई बताए ।सुप र बनहरूको तात्तातो कचौराले बाहिरको चिसोलाई राहत प्रदान गरिरहेको खचाखच भरिएको बिस्ट्रोबाहिर सेवानिवृत्त चालक यूले प्रतिद्वन्द्वी देशका नेताहरूबीचको बैठकको स्वागत गर्दै अमेरिकी राष्ट्रपतिका लागि केही प्रशंसा गरे ।

‘यो वास्तवमै राम्रो हो, मानिसले वास्तवमै यसको प्रतिक्षा गरिरहेका छन्’, उनले भने, ‘चीनमा हामीमध्ये धेरैजसो वृद्धवृद्धाहरू अवकाश भइसकेका छन् तर बाइडेन अहिले पनि अमेरिकीका लागि लडिरहनुभएको छ, उहाँसँग धैर्य हुनुपर्छ साथै अमेरिकीको समर्थन पनि हुनुपर्दछ ।’

चीनको राजधानीमा बाइडेनको रात्रिभोजपछि चीन–अमेरिका सम्बन्धमा गिरावट आएको छ र व्यापारदेखि ताइवानसम्मका थुप्रै मुद्दामा बेइजिङ र वाशिङ्टनबीच विमति कायम छ ।

चीनमा नागरिकको राय नाप्न कठिन छ । मिडियामा व्यापक सेन्सरशिप लगाइएको छ र मिडियाले पार्टीको लाइनको पालना गर्दछन् । नागरिक पनि सामान्यतया विदेशी सञ्चारमाध्यमसँग विवादास्पद विषयमा विचार दिन अनिच्छुक हुन्छन् ।

चालक यूले सम्बन्धहरूको वर्तमान स्थितिजस्ता ‘उच्चस्तरीय मामिला’ सँग आफूलाई कुनै सरोकार नभएको बताए । यद्यपि उनले दुई देशबीचको भिन्नताका कारण उनीहरूले मिल्न सिक्नु महत्त्वपूर्ण हुने बताए ।

यद्यपि केही मानिसले बेइजिङ र वाशिङ्टनबीचको बढ्दो भिन्नतातर्फ सङ्केत गर्दै कुनै पनि सम्झौता गर्न कठिन हुने बताएका छन् । आफ्ना कम्पनीहरूमाथि आर्थिक प्रतिबन्ध देशको विकास रोक्ने प्रयास हो भन्ने चिनियाँ सरकारको धारणालाई उनीहरूले दोहोर्‍याएका छन् ।

‘निश्चितरूपमा बाइडेनले आफ्नो देशको हितको रक्षामा ध्यान केन्द्रित गर्नुहुन्छ’, छात्रा युआनले भनिन्, ‘उहाँले केही यस्ता निर्णय लिन सक्नुहुन्छ जुन हाम्रो बुझाइभन्दा पर हुनसक्छ ।’

अमेरिकी राष्ट्रपतिप्रति शत्रुतापूर्ण व्यवहार देखाउने अन्य केही मानिसले भने बाइडेनले वैश्विक मुद्दाको समाधान गर्नुको सट्टा घरेलु समस्याहरू सुल्झाउन अधिक समय दिनुपर्ने राय व्यक्त गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img