spot_img
spot_img
spot_img

छठ पर्व: आज पहिलो दिन `नहाए खाए´ विधि गरि मनाईदै

spot_img

काठमाडौं । मिथिलाञ्चल लगायत तराई मधेसमा आजदेखि छठ पर्व सुरु भएको छ । अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्टदेखि नै मिथिलाञ्चलमा पारिवारिक सुख समृद्धिको कामना गर्दै श्रद्धापूर्वक मनाइने छठ पर्व सुरु हुनेगर्छ ।

चार दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको आज पहिलो दिन नहाय खायको विधि गरिन्छ । व्रत बस्नले आज नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् । यस्तै छठपर्वको दोस्रो दिन भोलि शनिबार चामल, सक्खर र दूध मिसाएर बनाएको खीर (खरना) प्रसादको रुपमा खाने गर्दछन् ।

आइतबार तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । यस दिन अस्ताउँदो सूर्यलाई अर्घदिई पूजा गरिन्छ भने चौथो दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुनेछ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img