spot_img
spot_img
spot_img

भ्युजका लागि ९० किलोको गोही काटेर खाएपछि…

spot_img

एजेन्सी ।

अहिले टिकटकलगायत सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेकौँ हतकन्डा अपनाइरहेका हुन्छन्। अरूको ध्यान आफूतिर खिच्न, फलोअर र भ्युज बढाउन सानातिना एयरप्लेन दुघर्टना गराउनेदेखि टेमवर्म सङ्क्रमित माछा खानेसम्म सोच्नै नसक्ने गतिविधिहरू गरिरहेका छन् । हालै एउटी चिनियाँ फूड भ्लगरले भ्युज बटुल्नकै लागि ९० किलोको गोही काटेर खाइन् ।

भिडियोमा सियाओ हेले सुरुमा गोहीलाई बाँधेर बाथरुममा पखाल्छिन् । काट्छिन् अनि छाला तासेर हड्डी छुट्टाउँछिन् । त्यसपछि उनले गोहीको मासुलाई अनेकौँ तरिकाले पकाउँछिन् । यो भिडियो सार्वजनिक भएपछि कयौँले उनलाई डोउयिनबाटै प्रतिबन्ध लगाउनु पर्ने माग गरिरहेका छन् । गोहीलाई छाला उद्योगका लागि कृत्रिम रूपमा पालिएको अनि जसरी पनि मारिने नै थियो भन्दै सिआआले आफ्नो बचाउ गरेकी छिन् ।

चीनको वन्यजन्तु संरक्षण कानुनका अनुसार चीनमा अधिकारीहरूसँग अनुमति नलिईकन गोहीको मासु पकाउनु गैरकानूनी हो । टिकटकका लागि बनाइएको सो भिडियोका लागि सियाओ हे कानुनको चपेटामा आउने देखिन्छ ।

चीनमा गोहीलाई कठोर खालको कानुन अन्तर्गत संरक्षित गरिएको छ । भाइरल हुनकै लागि सन् २०२० मा दक्षिण कोरियाका एक चर्चित युट्युबवरले लाइभमै जिउँदो अक्टोबस र स्कुईड खाएकी थिइन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img