काठमाडौं ।
सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चका न्यायधीश विनोद शर्माको इजलासमा भएको सुनुवाइले अन्तरिम आदेश नदिई कारण देखाउ आदेश जारी गरेको हो ।
टिकटक प्रतबन्धको निर्णयविरुद्ध छुट्टाछुट्टै १३ वटा रिट निवेदन दर्ता भएका थिए । १२ वटा रिट निवेदनमा टिकटक प्रतिबन्धको निर्णय खारेजी माग गरिएको थियो भने एउटा रिट निवेदनमा नियमन गरेर मात्रै टिकटक प्रतिबन्ध खोल्नुपर्ने माग थियो ।
सामाजिक सद्भाव बिथोलिने गरेर पारिवारिक संरचना, सामाजिक सम्बन्धलाई खलबल हुनेगरी लगातार प्रचारप्रसार भइरहेको भन्दै सरकारले कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।




