चितवन ।
चितवनको भरतपुर महानगरपालिका–१२ मिलन चोककाे नजिकमा एक पुरुष र एक महिलाको शव फेला परेको छ । ३०/३२ वर्षको जस्तै देखिने उनीहरूको शव दुई वटा बोरामा बाँधेर फालेको अवस्थामा भेटिएको हुँदा शङ्कास्पद भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
हातखुट्टा बाँधेर बोरामा हालेर फालेको अवस्थामा शव भेटिएको र घटना बारे अनुसन्धान शुरु गरिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??