spot_img
spot_img
spot_img

सुन्तलाको केस्रा अड्किएर गुल्मिमा एक बालकको ज्यान गयो

spot_img

गुल्मी ।

सुन्तलाकाे केस्रा अड्किएर गुल्मीमा तीन वर्षीय बालककाे ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिका–५ छापहिलेका आयुष ठकुरीको सुन्तला खाने क्रममा केस्रा अड्किएर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहीवार दिउँसोको समयमा आमाछोरा घरको छतमा बसेर घाम ताप्दै सुन्तला खाने क्रममा छोरा आयुषको घाँटीमा सुन्तलाकाे दुई वटा केस्रा अड्किएकाे थियाे ।

सुन्तलाकाे केस्रा अड्किएर सास फेर्न गाह्रो भएपछि आयुषलाई उपचारका लागि गुल्मी अस्पताल लगेकाे र उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img