काठमाडौं ।
लगातार दाेस्राे जितसहित बाग्मती केपी ओली कप टी-२० क्रिकेटकाे सेमिफाइनलमा पुगेकाे छ । आज शुक्रवार भएकाे खेलमा बाग्मतीले कर्णाली प्रदेशलाई ९० रनले हरायाे । बाग्मतीले दिएकाे १ सय ९० रनकाे लक्ष्य पछ्याएकाे कर्णाली १७ ओभर ३ बलमा ९९ रन बनाउँदा अल आउट भयाे ।
कर्णालीका अर्जुन घर्तीले २४ र कप्तान रविन्द्र शाहीले २० रन बनाए । बलिङतर्फ बाग्मतीका कप्तान सन्दीप लामिछानेले ४ र दिपेश श्रेष्ठले २ विकेट लिए ।
यसअघि पाेखरा रङ्गशालामा टस जितेर ब्याटिङ गरेकाे बाग्मतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन बनायाे । बाग्मतीका रित गाैतमले ८२ र ईशान पाण्डेले ७० रन बनाए । बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले ३ विकेट लिए ।
यसअघि हिजाे बिहीवार भएकाे खेलमा बाग्मतीले मदन भण्डारी स्पाेर्ट्स एकेडेमी ‘राताे’ टाेलीलाई १ सय ९ रनले हराएकाे थियाे । बाग्मती समूह ‘ए’ का दुवै खेल जित्दै सेमिफाइनलमा पुगेकाे हाे ।
हिजाेदेखि शुरु भएकाे प्रतियाेगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताकाे विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।