spot_img
spot_img
spot_img

हरैया मा.वि मा बाल क्लबद्वारा कोसेली भित्ते पत्रिका सार्वजनिक

spot_img

कञ्चन ।
रुपन्देहीको कञ्चन गाँउपालिका वडा न ३ हरैयामा स्थित श्री हरैया माध्यमिक विद्यालयमा रहेको बाल क्लबद्वारा विविध कार्यक्रम गरी आज त्रैमासिक बाल कोसेली भित्ते पत्रिका सार्वजनिक गरिएको छ ।
विद्यालयका बिधार्थीहरुलाई सुसूचित गराउँदै सिर्जनशिल बनाउने लक्ष्यका साथ (सिकाई प्रवद्र्ध परियोजना) र बिधालयको संयुक्त पहलमा ‘बाल कोसेली’ नामक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको हो । बिधार्थीहरुले हातैले लेखेर शुक्रबार देखि समाचार र साहित्यमूलक त्रैमासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सिर्जना गरेका कविता, गजल, चुटकिला, मुक्तक, सामान्य ज्ञान, समाचार लगायत प्रकाशन गर्नेगरी हस्त लिखित भित्ते पत्रिका प्रकाशनमा ल्याइएको हो ।
बाल क्लबका अध्यक्ष अर्पिता कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विध्यालय व्यावस्थापन समितीका अध्यक्ष मेधनाथ पौडेल र बिधालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्यको बिशिष्ट आतिथ्यतामा बाल भित्ते पत्रिका सार्वजनिक गरिएको हो ।
उक्त त्रैमासिक रुपमा प्रकाशन गरिने उक्त भित्ते पत्रिकामा विध्यार्थीहरूद्वारा सृजित का लेख रचना र शिक्षाप्रद बिभिन्न लेख रचनाहरु समेत प्रकशित गरिने बाल क्लवका अध्यक्ष अर्पिता कार्कीले बताउनु भयो । उक्त पत्रिका हरैया माध्यमिक बिधालयको समन्वय र सिकाई प्रवद्र्धको सहजिकरणमा परियोजना अन्तर्गत गठित बाल क्लबद्वारा त्रैमासिक रुपमा प्रकाशित हुनेछ।
भित्ते पत्रिकाको सार्वजनिक गर्दै वध्यालय व्यावस्थापन समितीका अध्यक्ष तथा प्रमुख अतिथि मेधनाथ पौडेलले विद्यार्थीहरुका अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बाल कोसेली नामक भित्ते पत्रिकाको प्रकाशन गरिएको जिानकारी दिनुभयो । कार्यक्रममा बिधालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्य, बाल क्लबका फोकल प्रसन भरत शर्मा, सिकाई प्रवद्र्ध परियोजना कञ्चनका शिक्षा अधिकृत मिन प्रसाद रिजाल लगायतले बोल्दै भित्ते पत्रिका प्रकाशन गरी विद्यार्थीका प्रतिभाहरु प्रस्फुटन गर्ने कुरा जति महत्वपूर्ण छ, त्यतिनै चुनौतीपूर्ण रहेको र नियमित अभ्यास र सृजनिशलताले मात्र ती चुनौतीहरुलाई निस्तेज गर्दै आगामी दिनहरुमा भित्ते पत्रिकाको प्रकाशनलाई निरन्तरता दिन सकिने बताउनु भयो ।
भित्ते पत्रिका सार्वजनिकरण कार्यक्रममा बाल क्लबका सदस्य सुदिप पौडेलको स्वागत सञ्चालन बाल क्लबका सचिव अर्जुन गैरेले गर्नुभएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img