spot_img
spot_img
spot_img

पर्यटकीय स्थल गैडहवा तालको प्रचार गर्न भलिबल प्रतियोगिता तथा सांस्कृतिक महोत्सव हुने

spot_img

गैडहवा ।

लुम्बिनी प्रदेशकै ठूलो भएर पनि ओझेलमा परेको रुपन्देहीको गैडहवा तालको प्रचार प्रसार र पर्यटकीय प्रवर्धनका लागि खुल्ला भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव गरिने भएको छ । गैडहवा गाउँपालिका वडा नं ४ स्थित ५० विघा क्षेत्रफलमा फैलिएको गैडहवा तालको प्रवद्र्धनका लागि मंसिर २७ देखि ३० गतेसम्म खुल्ला भलिबल प्रतियोगितासहित विविध साँस्कृतिक महोत्सव आयोजना गरिएको हो ।
स्थानीय शान्ति युवा क्लबले गाउँपालिकासँगको सहकार्यमा आयोजना गरेको प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट एक दर्जन बढी टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष टंकप्रसाद बस्नेतले जानकारी दिए ।

बी लेभलको प्रतियोगितामा एउटा टिममा राष्ट्रिय स्तरका खेलाडी तीनजना मात्र राख्न पाइने र बांकी खेलाडी प्रदेश र स्थानीय स्तरका हुनुपर्ने नियम बनाइएको छ । जिल्ला बाहिरबाट आउने खेलाडीलाई खाना र आवासको निशुल्क व्यवस्था आयोजकले गरेका छन् ।
प्रतियोगिताको विजेता टिमले ७५ हजार ,उपविजेताले ५० हजार, तेस्रो हुने समुहले ३० हजार तथा सान्त्वता हुने टिमले २० हजार नगद पुरस्कार प्राप्त गर्ने कार्यक्रम संयोजक यमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतियोगिताबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बोल्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले लुम्बिनीसँग जोडिएको गैडहवामा पर्यटन बिकासका लागि भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सव आयोजना गरिएको उल्लेख गरे । भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सवमा सहभागी हुनेहरुलाई डुंगा शयर गराई तालको प्रचार प्रसार हुने उनले बताए । गैडहवा ताल दर्जनौं प्रजातीका चराहरु विचरण गर्ने थलो पनि भएको बताउँदै अध्यक्ष पौडेलले यसलाई पालिकाको गौरवको आयोजनाको रुपमा विकास गर्ने र होम स्टे सहित अन्य पर्यटकीय पुर्वाधार थप गर्ने गरी अघि  बढेको बताए ।

भलिबल प्रतियोगिता र सांस्कृतिक महोत्सवका लागि गाउंपालिकाले ४ लाख रुपैयां आर्थिक सहयोग गर्ने अध्यक्ष पौडेलले बताए । सयौं वर्षअघि मानव निर्मित गैडहवा ताल क्षेत्रको पूरा क्षेत्रफल ८४ विघा छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img