रुपन्देहीको कञ्चन गाउँपालिकामा समेत शनिवारदेखि हिंसाविरुद्धको अभियान सुरु भएको छ । लैगिक हिंसा अन्त्यको सुनिश्चितताः महिला र बालबालिकामा लगानीको प्रतिवद्धता’ भन्ने नाराका साथ लैगिक हिंसा विरुद्धको १६ दिने अभियान नेपालभरी नै शनिवारदेखि सुरु भएको हो। प्रत्येक बर्ष नोभेम्वर २५ देखि डिसेम्वर १० सम्म लैगिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन हुने गर्दछ ।
कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकाल र उपाध्यक्ष मौसमी थापा मगर , वडा अध्यक्ष तथा कार्यपालिका सदस्यलगायतले म हिंसा गर्दिन, हिंसा सहदिँन, हिंसाविरुद्धमा आवाज उठाउँछु, हिंसा भएमा वा देखेमा प्रतिकार गर्छु भन्ने ब्यानरमा हस्ताक्षर गरेर अभियानकाे सुरुवात गरेका छन ।
त्यस अवसरमा बोल्दै पालिका अध्यक्ष नवराज ढकालले महिला हिंसा समाजका विभिन्न स्थानमा भैरहेको र हिंसा समेत विभिन्न प्रकृतिका भएकोले त्यसको अन्त्यका लागि सवैको ऐक्यबद्धता जरुरी रहेको बताए । उनले कञ्चन गाउँपालिकालाई महिला हिंसा अन्त्य पालिका घोषणा गर्न सवैको सहयोग भयो भने त्यो संभव रहेकोले महिला हिंसा नियन्त्रणमा सवै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताए।
त्यसैगरी कार्यक्रममा कञ्चन गाउँपालिकाकी उपाध्यक्ष मौसमी थापा मगरले महिला हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा मात्र नभै सवै समयमा नै महिला हिंसा नियन्त्तणमा सवैले ध्यान दिनुपर्ने बताईन ।
कञ्चन गाउँपालिका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य रञ्जना थारुले स्वागत तथा सहायक महिला विकास निरिक्षक राधा भट्टराई आचार्य संचालनमा सम्पन्न भएको थियो।