spot_img
spot_img
spot_img

नाइजेरियामा सय जना गाउँलेको अपहरण

spot_img

एजेन्सी ।

अफ्रिकी मुलुक नाइजेरियामा अज्ञात बन्दुकधारी समुहले सय जनालाई अपहरण गरेको छ । मोटरसाइकलमा आएका हतियारधारी समुहले नाइजेरियाको जान्फारा राज्यको एउटा गाउँमा प्रवेश गरी सय जनालाई अपहरण गरेको बीबीसीले जनाएको छ ।

गाउँलेमाथि कर असुल्र्दै आएको बन्दुकधारी समुहलाई कर नतिरेको निहुँमा उनीहरुलाई अपरहरण गरेको बुझिएको छ ।

नाइजेरियाको जान्फारा राज्यमा बन्दुकधारी नेताको रुपमा रहेका दमना नामका व्यक्तिको नियन्त्रणमा रहेका समुहले उक्त राज्यको अधिकांश क्षेत्रमाथि कब्जा जमाइसकेको छ ।

नाइजेरियामा सुरक्षा सन्यत्र कमजोर बन्दा मौलाइएको विद्रोही समुहका कारण सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । नाइजेरियाको उत्तरमा जिहादी विद्रोही समुह र दक्षिणमा पृथकताबादी बिद्रोही समुह हाबी हुँदा किसान, र गोठालाहरु निशानामा पर्ने गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img