काठमाडौं ।
बझाङमा ९१ किलो गाजा सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ७ बाट ९१ किलो गाँजासहित
सोही ठाउँका खडक खड्का, गोर्खाको अजिरकोट गाँउपालिका–२ का ३८ वर्षका सन्तोस गुरुङ र पर्साको सुकौली पटौली गाउँपालिका–९ लक्ष्मीपुरका ५५ वर्षका रामबहादुर गुरुङ रहेको प्रहरीले जनाएको छ ।
गाँजाकाे कारोबार भइरहेको भन्ने सूचनाका आधारमा आज खडकबहादुर बोहराको घरमा खानतलासी गर्दा गाँजा बरामद भएकाे प्रहरीको भनाई छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??