spot_img
spot_img
spot_img

काशीमा भव्य रुपमा देव दिपावली मनाईयो

spot_img

वाराणसी । काशीमा भव्य रुपमा देव दिपावली मनाइएको छ । सो अवसरमा सोमबार साँझ २१ लाख दीप प्रज्वलन गरिएको छ भने विभिन्न स्थानमा भव्य रुपमा रंगोली बनाइएका दृष्यहरु देखिएका छन् ।

भारतीय सञ्चारमाध्यामहरुका अनुसार ८० वटाभन्दा बढी घाट र गंगा नदीको किनारमा अवस्थित बालुवामा समेत दीप प्रज्वलन गरिएको छ । अयोध्यामा निर्माण भइरहेको श्रीराम मन्दिरमा पनि ११ हजार बत्तीहरू प्रज्वलन गरिएका छन् । साँझ  दशाश्वमेध घाटमा पनि भव्य गंगा आरती भएको छ । दीपावलीसँगै लाइटिङ शोमा भगवान शिवको उग्र रुप देखाइएको छ । जसका कारण आकाश समेत रंगीन देखिएको थियो ।

दशाश्वमेध सहित गंगाका ८० घाटमा भक्तजनको घुइँचो लागेको छ  ।  नमो घाटदेखि सन्त रविदास घाटसम्मको करिब ९ किलोमिटरसम्म गंगामा डुङ्गा मात्रै देखिन्छन् ।वाराणसीका घाट र मन्दिरलाई भव्य रुपमा फूलले सजाइएको छ ।   देव दीपावलीमा १० औं लाख पर्यटक र भक्त वाराणसी पुगेका सञ्चारमाध्यामहरुले जनाएका छन् । एजेन्सी ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img