लमजुङ ।
जिल्ला अस्पताल लमजुङमा उपचारका क्रममा आमा र शिशुको मृत्यु भएपछि परिवारले अस्पतालमा विरोध प्रदर्शन गरेका छन् ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका वडा नं.-९ पामचोककी २६ वर्षीया शोभा विकको उपचारको क्रममा मृत शिशु जन्मिएको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि परिवारले विरोध प्रदर्शन गरेका हुन् ।
मृतकका आफन्तले अस्पतालको लापारबाहीका कारण शिशु र सुत्केरी मृत्यु भएको आरोप लगाएका छन् । पीडितले मृतक सुत्केरी र शिशुको शव अस्पतालमै राखिएका छन । अहिले लमजुङ अस्पताल तनावग्रस्त हुदा अस्पतालको सेवा प्रभावित बनेको छ ।
शोभालाई सुत्केरी बेथापछि गाउँबाट ल्याएर अस्पतालमा भर्ना गरिएको थियो । शल्यक्रियाबाट मृतक शिशु निकालिएको थियो । सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ लमजुङबाट चितवन मेडिकल कलेज लगिएको थियो । चितवन पुग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।